कांग्रेसको दाबी- ओली प्रधानमन्त्री भइरहेका भए नेपाल श्रीलंका भइसक्ने थियो – Nepal Press

कांग्रेसको दाबी- ओली प्रधानमन्त्री भइरहेका भए नेपाल श्रीलंका भइसक्ने थियो

‘ओली संविधानविरोधी कमल थापा र राजेन्द्र लिङ्देनसँग मिलेका दक्षिणपन्थी हुन्’

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले नचाहिँने आरोप लगाएको भन्दै प्रतिवाद गरेको छ । ओलीले पत्रकार सम्मेलन गरेर कांग्रेसका गल्ती बुँदागतरुपमा औंल्याएको भोलिपल्टै कांग्रेसले पनि पत्रकार सम्मेलन गरेर ओलीका आरोपको खण्डन गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ओलीले आफ्ना कमजोरी ढाकछोप गर्न कांग्रेसमाथि अनावश्यक आरोप लगाएको बताए । महतले ओलीको पालामा काण्डै काण्डमात्र भएको दाबी गरे ।

महतले आक्रोशित हुँदै भने– ओलीजीका काण्ड सुनाएर साध्य छैनन् । नेकपामा तत्कालीन नेताहरुले नै उहाँका काण्डहरु लिखितरुपमा दर्ता गरेका हुन् । उहाँले गफमात्र गर्नुभयो । काम कांग्रेसले गरेको छ । कोभिड र भूकम्पमा जनतालाई जोगाउने कांग्रेस हो ।

डा. महतले ओली सरकारमा भइरहेको भए नेपाल अहिले श्रीलंका भइसक्ने थियो भन्दै एमालेले मुलुकलाई ऋणमात्र बोकाएको आरोप लगाए । उनले कांग्रेस सरकारमा आउँनासाथ मुलुक अनुदानमय भएको दाबी गरे ।

महतले संविधान निर्माणमा ओलीको कुनै भूमिका नरहेको भन्दै ओली संविधान र अग्रगमनको विरोधमा रहेको आरोप लगाए । ओलीले कमल थापा र राजेन्द्र लिङ्देनहरुसँग मिलेर दक्षिणपन्थी बाटो लिएको आरोपसमेत लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर