एमाले केन्द्रीय कमिटी बैठक जारी – Nepal Press

एमाले केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान भवन च्यासलमा जारी बैठक भोलिसम्म चल्नेछ ।

बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ।

बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यी प्रस्तावहरु छलफल गरी पारित गरिनेछ । नेकपा एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ सम्म काठमाडौंमा आयोजना हुँदैछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *