पर्यटन क्षेत्रमा लगानी गर्न विदेशीलाई आकर्षित गर्नुपर्नेमा पर्यटनमन्त्री तामाङको जोड (भिडिओ) – Nepal Press

पर्यटन क्षेत्रमा लगानी गर्न विदेशीलाई आकर्षित गर्नुपर्नेमा पर्यटनमन्त्री तामाङको जोड (भिडिओ)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले विदेशी लगानीकर्ताहरुलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीहरूले जोड दिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

मङ्गलवार नेपाल उद्योग परिसंघको पर्यटन समितिले काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले वैशाख तेस्रो हप्तामा शुरु हुने लगानी सम्मेलनलाई सफल बनाउन उद्योगी, व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने र अन्तर्राष्ट्रिय स्तरका लगानीकर्ताहरूलाई आह्वान गर्न आग्रह गरे ।

उनले सबैले मिलेर नेपालमा लगानी गर्ने वातावरण बनेको छ भन्ने महसुस गराउन सके लगानी सम्मेलन सफल हुने बताए । उनले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन र तात्कालिक समस्या रहेको भन्दै साझा मुद्दा बनाएर अघि बढ्ने हो भने समस्याको समाधान हुने बताए । उनले नेपालको सापेक्षतामा अन्तर्राष्ट्रिय विमानस्थल पर्याप्त रहेको तर नियमित उडान गर्न सक्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले उद्योगी व्यापारीहरूले होटल क्षेत्रमा ठूलो लगानी गरेको तर पर्यटकहरूको कमीले आफूलाई सुरक्षित महसुस गर्न नसकेको बताए । उनले सरकारले पर्यटन क्षेत्रका समस्या समाधानका लागि आवश्यक कदम चालिरहेको पनि बताए ।

मन्त्री तामाङले पर्यटन क्षेत्रको युरोपियन देशहरूमा सिधा उडान हुन नसक्दा पनि पर्यटकको आवागमनमा केही कमी भइरहेको बताए । उनले कुनै आग्रह/पूर्वाग्रह बिना साझा रणनीति र योजना बनाइ अघि बढ्ने हो भने समस्या समाधान हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर