कांग्रेसले भन्यो- उपनिर्वाचनमा अन्य दलसँग पनि सहकार्य हुनसक्छ (भिडिओ) – Nepal Press

कांग्रेसले भन्यो- उपनिर्वाचनमा अन्य दलसँग पनि सहकार्य हुनसक्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले वैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीको उम्मेदवार जिताउन अन्य दलसँग पनि सहयोग माग्ने निर्णय गरेको छ।

उम्मेदवारको औपचारिक निर्णय गर्न बसेको कार्यसम्पादन समितिको बैठकपछि प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले केही दलहरूसँग सहकार्यको वातावरण बन्न सक्ने बताए।

उनले भने- निर्वाचन जित्नको लागि सबैको सहयोग आह्वान गर्छौँ। व्यक्तिगत मतदाता र अन्य दलसँग पनि उम्मेदवारलाई विजयी गराउन अपिल गएका छौँ। अपिल गर्दै गर्दा केही दलहरूसँग त्यस्तो परिस्थिति बन्यो भने सहकार्य पनि हुनसक्छ।

कांग्रेसले इलाम २ मा डम्बर खड्का र बझाङ प्रदेशसभामा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर