इलामका उम्मेदवार आकांक्षीले बुढानीलकण्ठमा भने- जसले टिकट पाए पनि कांग्रेसलाई जिताउन लाग्छौँ  – Nepal Press

इलामका उम्मेदवार आकांक्षीले बुढानीलकण्ठमा भने- जसले टिकट पाए पनि कांग्रेसलाई जिताउन लाग्छौँ 

काठमाडौं । कांग्रेसले इलाम २ का उम्मेदवार आकांक्षीहरुसँग सामूहिक गरेको छ। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बोलाएर पार्टीका सबै शीर्ष नेताहरूसहित छलफल गरेका हुन्।

उम्मेदवार आकांक्षी डम्बर खड्काले जसले टिकट पाए पनि आफूहरू चुनावमा उम्मेदवारलाई जिताउन लाग्ने धारणा राखेर निस्किएको बताए।

उनले भने, टिकट पार्टीले दिने हो। अब जसले जिते पनि कांग्रेसले नै जित्ने हो। एक जनाले टिकट पाएपछि हामी सबै त्यसलाई जिताउन लाग्छौँ।

सिफारिस भएर आएकामध्ये खड्का र भेषराज आचार्य कसलाई टिकट दिने भन्ने विषयमा कांग्रेसमा कुरा मिल्न सकेको छैन। देउवाले खड्कालाई अघि सार्न खोज्दा महामन्त्री गगन थापा र नेता डा। शेखर कोइरालासहित इतर पक्षले आचार्यको पक्षमा लिएका छन्।

उम्मेदवार चयन गर्नको लागि देउवाले तीन दिनदेखि प्रयास गरे पनि कुरा मिल्न सकेको छैन। अहिले पनि संसदीय बोर्डको बैठक जारी छ।

यस्तै बझाङ प्रदेशसभामा पनि जगत जोशी र अभिषेक सिंहमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा कुरा मिलेको छैन।

देउवाले सिंहलाई च्पाप्दा इतर पक्षले जोशीको नाममा अघि ल्याएको छ। दुवै क्षेत्रको उम्मेदवार अहिले बोर्डको बैठकबाट निर्णय गराएर ३ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट अनुमोदन गराउने कांग्रेसको तयारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर