कांग्रेसलाई स्वर्णिमको चुनौती- आरोप लाग्नासाथ राजीनामा गर्ने सहमति गरौँ, पहिलो हस्ताक्षर रास्वपाले गर्छ – Nepal Press

कांग्रेसलाई स्वर्णिमको चुनौती- आरोप लाग्नासाथ राजीनामा गर्ने सहमति गरौँ, पहिलो हस्ताक्षर रास्वपाले गर्छ

काठमाडौं । रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निषेधको राजनीतिक गरेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उपप्रधान तथा गृहमन्त्रीले जवाफ दिन्छु भन्दा पनि बोल्न नदिएकोप्रति असन्तुष्टि व्यक्त गरे।

उनले भने, ‘संसदीय छानबिन समिति बनाउनु आपत्ति होइन, कस्तो नजिर बनाउन गइरहेका छौँ। सर्वदलीय सहमति गरौँ, आरोप लाग्नासाथ सबैले राजीनामा गरौँ मन्त्रीले मात्रै होइन, सांसदले पनि राजीनामा गरौँ र आरोप जाहेरी पर्‍यो भने राजीनामा दिने र संसदीय समिति गठन गर्ने यो नजिर स्थापन गर्न तयार हो ? सर्वदलीय सहमति गरौँ सबै तयार हो भने पहिलो हस्ताक्षर रास्वपाले गर्नेछ।’

उनको भनाइ जस्ताको जस्तै:

संसद्मा हामी सहकारीको महाकाव्य नै लेख्न बस्या जसरी दैनिक कार्यसूची सुरु भइरहेको छ। लेख्नलाई महाकाव्य नै लेखियो होला तर मैले एउटा शब्द सुन्न पाएको छैन समाधान भन्ने शब्द सुन्न नपाएकाले बोल्दै छु। प्रतिपक्षमा हुँदा हामीले पनि शालीन प्रतिवाद र प्रश्न गरेका हौँ।

संसदीय व्यवस्थामा प्रतिपक्षको धर्म नै हो। हामीले उन्नत किसिमले प्रयोग गरेका छौँ। सम्पूर्ण प्रतिपक्षले अर्थमन्त्रीको राजीनामा माग्दा हामी संयमित भएर रोकिएका थियौँ। अर्थमन्त्रीको कुरा सुन्नुपर्छ भनेर। भौतिक मन्त्रीमाथि पनि उहाँको कुरा सुन्नुपर्छ भनेर राजीनामा मागेका थिएनौँ। आज गृहमन्त्रीमाथि तपाईँहरूले यति धेरै आक्षेप लगाउनुभएको छ म रोष्ट्रममा उभिएर जवाफ दिन्छु भन्दाखेरि उहाँलाई निषेध कहाँबाट आयो ? कस्तो संस्कृति बनाउन खोज्दैछौं ?

संसदीय छानबिन समिति बनाउनु आपत्ति होइन, कस्तो नजिर बनाउन गइरहेका छौँ। सर्वदलीय सहमति गरौँ, आरोप लाग्नासाथ सबैले राजीनामा गरौँ मन्त्रीले मात्रै होइन, सांसदले पनि राजीनामा गरौँ र आरोप जाहेरी पर्‍यो भने राजीनामा दिने र संसदीय समिति गठन गर्ने यो नजिर स्थापन गर्न तयार हो ? सर्वदलीय सहमति गरौँ सबै तयार हो भने पहिलो हस्ताक्षर रास्वपाले गर्नेछ।

तर, बाहिर अनुसन्धान प्रभावित गरिने, राज्यका निकायहरूमाथि अविश्वास गरिने, कुराहरूलाई हामीले संसदभित्र प्रवेश गरायौँ भने सुनदेखि वाइडबडीसम्म, टिकापुरदेखि बाल मन्दिरसम्म, शरणार्थीदेखि टेरामक्ससम्म, झण्डा हल्लाउँदै अख्तियार धाएको कुरादेखि लिएर भ्रष्टाचारमा प्रमाणित भएका नेतालाई सरकारी खर्चमा सालिक बनाइएको कुरा पनि त प्रवेश हुन्छ होला नि। त्यसैले अलि संयमित बनौँ। गृहमन्त्रीले जवाफ दिन्छु भन्नुभएको छ उहाँको कुरा सुनौँ त्यसले चित्त बुझेन भने समितिमा जाऔँला।


प्रतिक्रिया

One thought on “कांग्रेसलाई स्वर्णिमको चुनौती- आरोप लाग्नासाथ राजीनामा गर्ने सहमति गरौँ, पहिलो हस्ताक्षर रास्वपाले गर्छ

  1. लुटाहा काँग्रेसलाई अनुहारमा हिलै छ्यापिदिए । धन्यवाद स्वर्णिम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर