पश्चिमा देशले युक्रेनलाई रुसका भित्री भूमिमा आक्रमण गर्न सघाइरहेका छन् : सिएनएन – Nepal Press

पश्चिमा देशले युक्रेनलाई रुसका भित्री भूमिमा आक्रमण गर्न सघाइरहेका छन् : सिएनएन

काठमाडौं । रुसका भित्री भूमिमा आक्रमण गर्न पश्चिमा देशहरूले सहयोग गरिरहेको अमेरिकी विश्व च्यानल सिएनएनले उल्लेख गरेको छ ।

सिएनएनले मङ्गलवार पश्चिमा देशका विज्ञहरूले युक्रेनी अधिकारीहरूलाई ड्रोनबाट रुसका भित्री भूमिका हमला गर्न सहयोग गरिरहेको बताएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

आरटीका अनुसार रुस युक्रेन सीमा भन्दा एक हजार किलोमिटर भित्रसम्मका रुसी भूमिका हमला गर्न पश्चिमा देशहरूले सहयोग गरिरहेका छन् ।

युक्रेनले मार हानिरहेको कामिकाज ड्रोनबाट यस्तो हमला भइरहेको आरटीले उल्लेख गरेको छ ।

युक्रेनी ड्रोनले रुसका नागरिक आवास क्षेत्र तथा पूर्वाधारहरू देखि इन्धन क्षेत्रहरूमा आक्रमण गरेको भन्दै रुसले ती आक्रमणलाई आतंककारी आक्रमण भन्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर