सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारीमा छौँ : कृषिमन्त्री शाह (भिडिओ) – Nepal Press

सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारीमा छौँ : कृषिमन्त्री शाह (भिडिओ)

‘०८१/०८२ भित्र किसान परिचय पत्र वितरण गर्नेगरी काम गर्दछौँ’

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी शाहले ०८१/०८२ भित्र वास्तविक किसानको पहिचान गरी किसान परिचय पत्र वितरण गर्ने बताएकी छन् ।

सोमबार मन्त्रालयमा आायेजित आगामी आर्थिक वर्षको कृषि सम्बन्धी बजेट तथा कार्यक्रम सम्बन्धी छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले किसानहरुको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा मन्त्रालयले काम गरिरहेको बताइन् ।

उनले मन्त्रालय किसानहरुलाई पहिचान गरी किसान परिचय पत्र दिनेगरी लागिपरेको बताइन् । उनले सबैजना एकाकार भएर फौजी तरिकाले कमाम गर्ने हो भने किसानको समस्या समाधान गर्न सकिने बताइन् ।

‘हामी किसानहरुको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा हामी दिनरात मेहनत गरिरहेका छौँ । हुनत म मन्त्रालय सम्हालेको २० दिन जति भयो । किसानहरुलाई पहिचानका लागि किसान परिचय पत्र दिनेगरी लागेका छौँ । कम्तिमा हामी यो ०८० चलिरहेको छ, ०८१/०८२ भित्रमा किसानहरुलाई पहिचान गर्नेगरी परिचय पत्र पनि दिइसक्नुपर्छ । त्यो दिने वातावरण नीतिगत रुपबाट हामीले सबैजना सहमत हुनुपर्छ’, उनले भनिन्, ‘सबैजना एकाकार भएर फौजी टाइपको काम गर्नुपर्छ । हिमालमा च्याङ्ग्रा हुन्छ, यार्सागुम्बा हुन्छ, अरुअरु जडिबुटी हुन्छ भने त्यसमा किन हाम्रो तर्फबाट हामीले किन साथ नदिने त । त्यसको लागि हामी बजेटबाट हुन्छ की, वा हामी भौतिक हिसावबाट अनुगमन गरेर हुन्छ, के गरेर हुन्छ, त्यसमा हामी जोड दिएर कम्तिमा च्याङ्ग्रा पालनमा पनि हाम्रो किसानहरुलाई प्रोत्साहन दिनेगरी कार्यक्रम समावेश हुनुपर्छ ।’

मन्त्री शाहले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी रहेको बताइन् । उनले सुन्तलालाई चाँडै नै मन्त्रीपरिषद्बाट पारित गर्न लागेको बताइन् ।

‘सुन्तलाको हिसावले पनि म केही दिनमा मन्त्रीपरिषद्बाट पास गर्ने प्रक्रियामा पनि लागेको छु । किनकी नेपालमा सुन्तला मिठो फलको रुपमा पनि छ । त्यो फल खान पनि सजिलो छ’, उनले भने, ‘गाडीमा बस्दाखेरी पनि अब ५/६ जना बसेपनि केलाएर खान सकिन्छ, काट्नलाई चक्कुहरु परेन । त्यो हिसावले राष्ट्रिय फलफूलको हिसावले लैजाने म आफ्नो ठाउँबाट प्रयत्न गर्दैछु । त्यो तुरुन्तै क्याबिनेटमा पास हुने जानकारी गराउन चाहन्छु ।’

मन्त्री ज्वालाले २ लाख हेक्टर बाँझो जग्गालाई प्रयोगमा ल्याउनसके कृषि उत्पादनमा वृद्धि ल्याउन सकिने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर