कांग्रेसलाई रवि लामिछानेको चुनौती- कुन मितिमा कहाँ आऔं ? म एक्लै बहस गर्न तयार छु (भिडिओ) – Nepal Press

कांग्रेसलाई रवि लामिछानेको चुनौती- कुन मितिमा कहाँ आऔं ? म एक्लै बहस गर्न तयार छु (भिडिओ)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसलाई आफूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

रास्वपा सभापतिसमेत रहेका लामिछानेले वर्तमान सन्दर्भका विषयमा बोल्दै कांग्रेसले आफ्नो नैतिकता भूलेको टिप्पणी गरे ।

उनको भनाइ जस्ताको जस्तैः

म चुनौतीका साथ भन्न चाहन्छु, त्यो एउटा ठाडो उजुरीलाई लिएर सदन नै अवरुद्ध गर्न खोज्नुभएको छ । म उहाँहरुलाई भन्न चाहन्छु– तपाईं कहाँ कहिले कुन मितिमा मलाई बोलाउनुहुन्छ ? सदनमा त मलाई बोल्न दिनुभएको छैन । मैले आफ्ना कुरा राख्न पाएको छैन । ठीक छ, जनताको माझमा खुला रुपमा बहस गरौं । तपाईंले भनेको ठाउँ र मितिमा बोलाउनुस् र प्रमाणित गरिदिनुस्, तपाईं भएभरका सबै लयर र प्रभावशाली नेताहरु बोकेर आउनुहोला । सबै प्रमाणहरु लिएर आउनुहोला । म एक्लै आउँछु ।

सदनमा तपाईंहरुले कनिकनि लेखेका प्रश्नहरु मैले सुनिरहेको छु । तर, मैले जवाफ दिन पाएको छैन । तपाईंहरुका प्रश्नहरु ९ मिनेट १८ सेकेन्डमा सबै निस्तेज हुनेछन् । किन बोल्न दिनुहुन्थ्यो र ! ठीक छ, तपाईं पनि जनताको मान्छे, म पनि जनताको मान्छे ! तपाईंलाई निर्वाचित गर्ने मान्छेका अगाडि उभिएर म बहस गर्न चाहन्छु । तपाईं आफ्नो विज्ञसहित आउनुहोला । प्रमाण सबै लिएर आउनुहोला, म एक्लै आउँछु । आमजनताले हेरुन् त्यो इभेन्ट, प्रत्यक्ष प्रशारण होस्, सिंगो देशले हेरोस् । दूधको दूध, पानीको पानी छुट्टियोस् । कांग्रेस जस्तो इतिहास बोकेको पार्टी कुन चिर्कटमा उभिएको छ भन्ने हामीले हेरेका छौं ।

सहकारीको विषयमा अदालतमा मुद्दा गएको छ रवि लामिछाने प्रतिवादी हो कि होइन ? हेरोस् । अनिमात्रै सदनमा कुरा गरोस् । जुन मुद्दामा बहस चलेको छ, त्यो सबै प्रमाण बोकेर आओस् । मलाई प्रमाणित गरिदिए हुन्छ, तत्काल के गर्नुपर्ने त्यहीबाट गरौंला । मेरो चुनौती छ । यति भन्दिनुस्, म कहाँ आऊँ बहस गर्न । एक्लै हरेक जिज्ञासाको जवाफसहित समाधान दिन्छु । यो बहस अझै काठमाडौं ४ मा भयो भने मलाई सहज हुन्थ्यो ।


प्रतिक्रिया

One thought on “कांग्रेसलाई रवि लामिछानेको चुनौती- कुन मितिमा कहाँ आऔं ? म एक्लै बहस गर्न तयार छु (भिडिओ)

  1. लुटन नपाईने भएपछि तिलमिलाएर जथाभावी भन्न थालेको काँग्रेसलाई रविले लाजमर्दो हुनेगरी जवाफ दिए । यस्तै कडा जवाफको सधैं अपेक्षा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर