कपनबाट हराएकी किशाेरीकाे पशुपतिनजिक जंगलमा शव भेटियाे – Nepal Press

कपनबाट हराएकी किशाेरीकाे पशुपतिनजिक जंगलमा शव भेटियाे

काठमाडौं । काठमाडौंको पशुपतिनजिक जंगलमा एक किशोरीको शव भेटिएको छ ।

गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । उनको शव आज विहान भेटिएको गौशाला प्रहरी वृत्तका डिएसपी केशव थेवेले नेपालप्रेसलाई बताए ।

उनले भने, `आज बिहान मर्निङवाक गर्न जानेहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव रुखमा झुण्डिएकाे अवस्थामा फेला परेकाे थियाे ।’

थेवेका अनुसार  प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेकाे हुनसक्ने देखिएकाे छ ।  थप अनुसन्धान  भइरहेकाे उनले बताए ।

सुस्मिता केही दिनदेखि हराइरहेकी थिइन् । सिन्धुली घर भएकी उनी बालुवाखानी, कपनमा बस्ने  गर्थिन्। उनी केहीदिन अघि भक्तपुर आफन्तकोमा जान्छु भनेर घरबाट निस्केकी थिइन् । आफन्तले  उनी हराएकाे भन्दै खाेजी गरिदिन सामाजिक सञ्जालमा अपिल गरेका  थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर