सांसदहरूलाई ओलीको निर्देशन- प्रधानमन्त्रीलाई विश्वासको मत दिनू, सरकारको विरोधमा नबोल्नू (भिडिओ) – Nepal Press

सांसदहरूलाई ओलीको निर्देशन- प्रधानमन्त्रीलाई विश्वासको मत दिनू, सरकारको विरोधमा नबोल्नू (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले पार्टीका सांसदहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आलोचना नगर्न निर्देशन दिएका छन् ।

संसदीय दलको बैठकमा उनले कुनै कुरा प्याट्ट बोल्न नराम्रो हुने भएकाले त्यस्ता कुरा देखे आन्तरिक छलफलमा ल्याउन सकिने बताए ।

उनले भने, ‘म साथीहरुलाई भन्छु, सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै कुराको आलोचना गर्नुपर्‍यो भने आन्तरिक रुपमा गर्दा हुन्छ । नबुझिकन कहिले कहिले देख्दा एउटा चिज देखिन्छ, अर्कै हुन्छ ।’

उनले भोलि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन पनि निर्देशन दिए । विगतमा प्रधानमन्त्रीले नराम्रो काम गरेको भए पनि अनुचित गठबन्धन छाडेर सही कदम चालेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर