नारायण दाहालको प्रश्न- हिजो जनयुद्धमा दाइ हिँडिरहेको छ, तँ हिँड्न पाउँदैनस् किन कसैले भनेन ? (भिडिओ) – Nepal Press

नारायण दाहालको प्रश्न- हिजो जनयुद्धमा दाइ हिँडिरहेको छ, तँ हिँड्न पाउँदैनस् किन कसैले भनेन ? (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिएका नारायण दाहालले आफू प्रधानमन्त्री पुष्पकमल दाहालको भाइ मात्रै भएको कारणले टिकट नपाएको प्रष्टीकरण दिएका छन् । अध्यक्षको उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूलाई परिवारवादसँग जोड्नु न्यायोचित नहुने बताए ।

उनले भने, ‘अहिले दाजुभाइको नाता पर्ने हिसाबले हुन्न भन्नेहरुले हिजो म युद्धमा हिँड्दा दाई हिँडिरहेको छ त हिँड्न पाउँदैन किन कसैले भनेन । अहिले पाउँदैनस् जिम्मेवारी भन्नेहरुले हिजो जनयुद्धमा मिल्दैन हिँड्न किन हिँडेको कसैले त भनेन । त्यो बेलामा त एकदिन ढिला भयो भने पनि आफ्नोलाई बचाउन भन्थे । त्यसैले यो विषयमा मलाई धेरै भन्नु छैन ।’

उनले पार्टीमा आफ्नो योगदानको आधारमा जिम्मेवारी पाएको जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर