राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो लगाउन माओवादी पदाधिकारी बैठक बस्दै – Nepal Press

राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो लगाउन माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो लगाउन पार्टी मुख्यालय पेरिसडाँडामा आज दिउँसो पदाधिकारी बैठक बस्न लागेको हो ।

शनिबार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षको टुंगो आइतबार लाग्ने बताएको थिए ।

नयाँ समीकरण बनेपछि माओवादीले राष्ट्रियसभाको अध्यक्ष र एमालेले उपाध्यक्ष पाउने सहमति बनेको थियो । माओवादीबाट हालकी उपाध्यक्ष उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहालको चर्चा छ ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ गते हुँदैछ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर