गृहबाट जाँदाजाँदै नारायणकाजीले भने- जनतामा आशा जगाउने प्रयास गरेँ (भिडिओ) – Nepal Press

गृहबाट जाँदाजाँदै नारायणकाजीले भने- जनतामा आशा जगाउने प्रयास गरेँ (भिडिओ)

काठमाडौं । निवर्तमान उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले मुलुकमा सुशासन कायम गर्दै जनतामा आशा जगाउने काम गर्ने प्रयास गरेको बताएका छन् ।

बुधवार मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा श्रेष्ठले आफूले मन्त्रालयको कार्यभार सम्हालेदेखि नै कायम गर्दै जनतामा आशा जगाउने काम गर्ने प्रयास गरेको बताएका हुन् ।

मिटर ब्याज पीडितको समस्या गर्नका लागि आयोग गठन गरेर काम गरेको र अहिले जिल्ला प्रहरी कार्यालयमार्फत उनीहरूको समस्या समाधान गर्ने प्रयास भइरहेको उनले बताए ।

उनले मिटर ब्याज पीडितको समस्यामा मन्त्रालयले निरन्तर ध्यान दिनुपर्ने धारणा राखे। श्रेष्ठले विभिन्न प्रकरणमा भएका अनुसन्धानलाई नरोक्न र थप प्रभावकारी ढंगले अनुसन्धान गर्न आग्रह गरे ।

श्रेष्ठलाई गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख लगायतले बिदाइ गरेका थिए ।


प्रतिक्रिया

One thought on “गृहबाट जाँदाजाँदै नारायणकाजीले भने- जनतामा आशा जगाउने प्रयास गरेँ (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर