जेभियर इन्टरनेशनलमा कक्षा १ को प्रवेश परीक्षामा झण्डै १ हजार सहभागी – Nepal Press

जेभियर इन्टरनेशनलमा कक्षा १ को प्रवेश परीक्षामा झण्डै १ हजार सहभागी

काठमाडौं । जेभियर इन्टरनेशनल स्कूल चाबहिलले आउँदो शैक्षिक सत्रको लागि कक्षा १ को प्रवेश परीक्षा लिएको छ ।

मैजुवाहालमा रहेको उक्त विद्यालयले शैक्षिक सत्र २०८१ को लागि प्रवेश परीक्षा सम्पन्न गरेको हो । कक्षा १ को सीमित सीटको लागि झण्डे १ हजारजना परीक्षार्थी सहभागी भएका छन् । विद्यालयका अनुसार इन्ट्रान्सको नतिजा स्कूलको वेबसाइटमा राखिनुको साथै उत्तीर्ण विद्यार्थीका अभिभावकलाई फोन र एसएमएस मार्फत जानकारी गराइने छ ।

सुविधासम्पन्न अत्याधुनिक भवन, प्रविधिमैत्री कक्षाकोठा, स्विमिङ पुल, बास्केटबल कोर्ट, फुट्सल एरिना, स्टार होटेल सरहको क्यान्टिन, योगा र नृत्य कक्षा, लेटेस्ट जेनेरेशन कम्प्युटर ल्याव र अनुभवी शिक्षक शिक्षिकाबाट अध्ययन अध्यापन गराइने भएकाले जेभियर अभिभावकको रोजाईमा पर्न थालेको हो ।

जेभियरमा म्युजिक क्लब, डान्स क्लब, योगा क्लब, स्काउट, आर्ट एन्ड क्राफ्ट, स्विमिङ क्लब, बास्केटबल क्लब, फुटबल क्लब, साइन्स क्लब, लिट्रेचर क्लब, जुनियर रेड्क्रस, रोबोटिक क्लब जेभियर स्कूल रहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर