गठबन्धनका विद्यार्थी संगठनले कुटपिट गरेको भन्दै अनेरास्ववियुले निकाल्यो मसाल जुलुस (भिडिओ) – Nepal Press

गठबन्धनका विद्यार्थी संगठनले कुटपिट गरेको भन्दै अनेरास्ववियुले निकाल्यो मसाल जुलुस (भिडिओ)

काठमाडौं । गठबन्धन निकट विद्यार्थी संगठनहरुले आफ्ना नेताहरुलाई कुटपिट गरेको भन्दै अनेरास्ववियुले काठमाडौंको अस्कल क्याम्पसमा मसाल जुलुस निकालेको छ ।

सत्ताको आडमा निरन्तर रुपमा आफ्ना नेताहरुमाथि कुटपिटको घटना बढेको भन्दै अनेरास्ववियु आवद्ध विद्यार्थीहरुले शनिबार लैनचौरस्थीत अस्कल क्याम्पसबाहिर मसाल जुलुस निकालेका हुन् ।

शुक्रबार साँझ अखिल नेता कमल जोशीमाथि कुटपिट भएको थियो । अनेरास्ववियुले अखिल क्रान्तिकारीले आफ्ना नेतामाथि कुटपिट भएको आरोप लगाएको छ ।

त्यस्तै मसाल जुलुसमा सहभागीहरुले अस्कल क्याम्पसमा छात्रवृतिमा एकलौटी भएको, क्याम्पसमा भ्रष्टाचार भएको आरोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर