एमाले कैलाली निर्वाचनः ११ बजेदेखि मतगणना हुने – Nepal Press

एमाले कैलाली निर्वाचनः ११ बजेदेखि मतगणना हुने

कैलाली । नेकपा एमाले कैलाली जिल्ला नेतृत्वको लागि भएको निर्वाचनको मतगणना आज राति ११ बजे देखी सुरु हुने भएको छ । आज बिहान ८ः३० बजे देखी सुरु भएको मतदान केही बेर अघि सकिएको थियो । ५८० जनाले मतदान गरे । यहाँ ५९१ जना प्रतिनिधि रहेका थिए ।

अहिले ११ बजे देखी मतगणना सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ । अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी, डेजी पाण्डे चुनावी मैदानमा छन् । उपाध्यक्षमा गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरीले उम्मेदवारी दिएका छन् । चन्द यज्ञराज ढुङ्गाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन् । उपसचिवमा राजु गुरुङ, चूडामणि भट्ट, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट, भुवन रिजालको उम्मेदवारी परेको छ ।

त्यस्तै महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गाकुमारी चौधरी र शान्तिदेवी सिंह रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर