कांग्रेसको आर्थिक प्रतिवेदन- पार्टी घाटामा, चन्दा पनि घट्यो (पूर्णपाठ) – Nepal Press

कांग्रेसको आर्थिक प्रतिवेदन- पार्टी घाटामा, चन्दा पनि घट्यो (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसमा आम्दानीभन्दा खर्च धेरै भइरहेको पाइएको छ । महासमितिको बैठकमा केन्द्रीय लेखा समिति संयोजक श्यामकुमार घिमिरेद्वारा प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७९/८० मा ३ करोड ६४ लाख ७६ हजार १९७ आम्दानी हुँदा ७ करोड ९९ लाख ९५ हजार १२१ खर्च भएको छ ।

यस्तै, आर्थिक वर्ष ०७८/७९ मा १४ करोड ८९ लाख ९४ हजार ८७ आम्दानी हुँदा १७ करोड ९० लाख ७८ हजार २२२ खर्च भएको छ ।

कांग्रेसको आम्दानी सदस्यता नवीकरण, लेवी शुल्क चन्दा सहयोग नै प्रमुख देखिएको छ । तर, घाटामा रहेको कांग्रेसमा पछिल्लो सयम चन्दा पनि घटेको छ । प्रतिवेदन अनुसार ०७८/७९ मा ६ करोड ६८ लाख २४ हजार सहयोग भएकोमा पछिल्लो आवमा २ करोड ६५ लाख ६४ हजार ५७७ मात्रै चन्दा संकलन भएको छ ।

हेर्नुस् कांग्रेसको  लेखापरीक्षण प्रतिवेदन

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर