फागुन ८ देखि १० गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको निर्णय – Nepal Press

फागुन ८ देखि १० गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले फागुन ८ देखि १० गतेसम्म बस्नेगरी बैठक बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए ।

बैठकमा पछिल्ला समसायिमक विषयको समीक्षा, संगठनात्मक समीक्षा, जनतामा आधारित पार्टी निर्माणको सन्दर्भमा कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे छलफल हुने उनले बताए । बैठकमा मिसन ग्रासरुटको प्रतिवेदन, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको समीक्षा हुने बताए ।

आजको बैठकले केही विभागहरुको मनोनयन गरेको पनि उनले बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर