माओवादी बैठक- प्रचण्डद्वारा मस्यौदा विधान पेश, छलफलका लागि २० समूह गठन – Nepal Press

माओवादी बैठक- प्रचण्डद्वारा मस्यौदा विधान पेश, छलफलका लागि २० समूह गठन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विधान अधिवेशनमा मस्यौदा विधान पेश गरेका छन् । प्रज्ञा भवनमा जारी बैठकमा मस्यौदामाथि छलफल गर्नकोृ लागि २० समूह गठन गरेको छ ।

अधिवेशनमा करिब १२ सय प्रतिनिधि सहभागी छन् । पार्टी कमिटी सानो बनाएर व्यवस्थित ढंगले पार्टी चलाउने लक्ष्यका साथ माओवादीले विधान अधिवेशन गरेको हो। अधिवेशन तीन दिनसम्म चल्नेछ ।

बैठकमा पार्टीका नेतृत्व चयन प्रक्रियाको विषयमा बहस भइरहेको छ । अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचनमार्फत पार्टीको सबै कमिटी निर्माण गर्ने प्रस्ताव गरेका पेस गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर