प्रधानमन्त्री कपमा ८ खेल हारेको कोशी प्रदेशको पहिलो जित – Nepal Press

प्रधानमन्त्री कपमा ८ खेल हारेको कोशी प्रदेशको पहिलो जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशले पहिलो जित निकालेको छ । टियु क्रिकेट मैदानमा भएको नवौं खेलमा कोशीले लुम्बिनी प्रदेशलाई १६ रनले पराजित गरेको हो ।

यसअघि प्रधानमन्त्री कपमा भएका ८ खेलमा कोशी प्रदेश पराजित भएको थियो ।टियु क्रिकेट मैदानमा कोशीले दिएको १७३ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४६ ओभर ५ बलमा १५६ रनमा समेटिएको हो । लुम्बिनीका बिराट भण्डारीले सर्वाधिक २८ रन जोडे ।

कोशीका सौजन घिमिरेले ३, कमल खत्री, समीर कार्की र अभ्यास तिमिल्सिनाले २/२ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको कोशीले ४४ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *