हेल्प नेपाल र गण्डकी प्रदेश टाइगर कप भलिबल फाइनलमा प्रवेश – Nepal Press

हेल्प नेपाल र गण्डकी प्रदेश टाइगर कप भलिबल फाइनलमा प्रवेश

पोखरा । हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेश पोखरामा जारी चौथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनलमा हेल्प नेपालले श्रीलंकन आर्मीलाई ३-१ सेट र गण्डकी प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।

पहिलो सेट २५-१८ श्रीलंकन आर्मीलाई सुम्पिएको हेल्प नेपालले त्यसपछिका सेटमा पुनरागमन गर्दै फाइनल यात्रा तय गरेको हो । हेल्प नेपालले दोस्रो सेट १४-२५, तेस्रो सेट १८-२५ र चौथो सेटमा २४-२६ ले जितेको थियो ।

गण्डकीले एपीएफलाई पहिलो सेट २५-१७, दोस्रो सेट २५-२० र तेस्रो सेट २५-२२ ले पराजित गरेको थियो । महिलातर्फ सशस्त्र प्रहरी बल (एपीएफ) र न्यु डायमन्ड युथ स्पोटर्स फाइनल प्रवेश गरिसकेका छन् । फाइनल खेल शनिबार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर