जेभियर इन्टरनेशनल कलेजको आयोजनामा छात्र तथा छात्रा बास्केटबल प्रतियोगिता सुरू – Nepal Press

जेभियर इन्टरनेशनल कलेजको आयोजनामा छात्र तथा छात्रा बास्केटबल प्रतियोगिता सुरू

काठमाडौं । जेभियर इन्टरनेशनल कलेजको आयोजनामा १०औं ‘यु-१९’ बास्केटबल प्रतियोगिता आजबाट सुरू भएको छ । ७ दिनसम्म चल्ने प्रतियोगिताको छात्रतर्फ प्रथमलाई नगद ५० हजारसहित ट्रफी र मेडल पुरस्कार राखिएको छ । त्यस्तै छात्रातर्फ २० हजार नगदसहित ट्रफी तथा मेडल राखिएको छ ।

छात्रतर्फ १८ वटा कलेजका टीम प्रतिस्पर्धामा सहभागी हुनेछन् । छात्रातर्फ १० वटा टीमको सहभागिता रहनेछ ।

जेभियर इन्टरनेशनल कलेजले सुरुवातिकालदेखि विद्यार्थीहरूको खेलकुददेखि हरेक क्रियाकलापले जोड दिँदै आएको प्रिन्सिपल दीपेन दाहालले बताए ।

‘पढाइसँगै खेलकुदलाई पनि सँगै लैजानुपर्छ भन्ने मान्यतालाई आन्तमसाथ गर्दै अगाडि बढिरहेका छौं । जेभियर कलेजबाटै राष्ट्रिय बास्केटबल टीममा खेलाडी पुगेका छन् । दिनेश न्यौपाने, अजय कुस्वा, गरिसा शिलवाल, निकेश मगर, मिना गुरुङ जस्ता खेलाडीहरुले साफ च्यानपीयन्सदेखि राष्ट्रियस्तरमा आफ्नो प्रतिभा देखाएका छन्’, उनले भने ।

तस्बिरहरू : गौरव पौडेल । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *