आजदेखि यू- १९ विश्वकप क्रिकेट, नेपालको पहिलो खेल आइतबार – Nepal Press

आजदेखि यू- १९ विश्वकप क्रिकेट, नेपालको पहिलो खेल आइतबार

पाेखरा। १५औं संस्करणको आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । विश्वकपको पहिलो खेलमा आयरल्याण्ड र अमेरिका तथा दक्षिण अफ्रिका र वेस्टइन्डिज खेल्दैछन् । उक्त खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ ।

यो विश्वकपमा नेपालसहित १६ वटा टोली सहभागिता छन् । प्रतियोगितामा सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘डी’ मा परेको छ।

यसपटक विश्वकप यसअघि श्रीलंका गर्ने तय गरिएपनि आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि दक्षिण अफ्रिका सारिएको थियो ।
विश्वकपमा नेपालको ८ वर्षपछिको यात्रा नेपालले ८ वर्षपछि यू–१९ विश्वकप खेल्दैछ । नेपालले पछिल्लो पटक २०१६ मा भएको यू-१९ विश्वकप खेलको थियो । नेपालले उक्त विश्वकपमा न्यूजिल्याण्ड ३२ रन र आयरल्यान्डलाई ८ विकेटले पराजित गरेका थियो ।

समूह उपविजेता बन्दै क्वाटरफाइलनमा प्रवेश गरेको नेपाल बङ्गलादेशसँग ६ विकेटले पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो । सोही विश्वकप वेस्ट इन्डिजले जितेको थियो । नेपाल यू-१९ विश्वकप आठौँ पटक खेल्दै छ । यसअघि नेपालले २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा यू-१९ विश्वकप खेलेको थियो ।

कठिन समूहमा नेपाल

विश्वकपमा नेपाल कठिन समूहमा छन् । नेपाल रहेको समूहमा पाकिस्तान, न्यूजिल्याण्ड र अफगानिस्तान छन् । आइसिसी ओडिआई वरियतामा नेपाल १५औँ, पाकिस्तान चौथो, न्यूजिल्याण्ड पाचौं र अफगानिस्तान नवौँ स्थानमा छन् । नेपालको समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् । नेपालले पहिलो खेल आइतबारमा न्यूजिल्याण्डसँग खेल्नेछ ।

नेपालले दोस्रो खेल जनवरी २४ मा पाकिस्तान र जनवरी २६ पाकिस्तानको सामना गर्नेछ। अघिल्लो विश्वकपमा पाकिस्तान क्वाटर फाइनल र अफगानिस्तान सेमिफाइनलबाट बाहिरिँदा नेपाल र न्यूजिल्याण्ड सहभागी थिएनन् ।

शीर्ष ३ मा पर्न सके नेपाल सुपर सिक्समा पुग्नेछ । यस पटक देखि प्रत्येक समूहबाट ३ टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । त्यस कारण सुपर सिक्समा पुग्न समूह चरणमा एक खेलमा जित निकालेमा पनि सम्भावना बलियो हुनेछ । नेपाल कम्तीमा एक जितको खोजीमा हुनेछ ।

विश्वकप अघि नेपालको खुलेको प्रदर्शन

विश्वकप अघि नेपालले दक्षिण अफ्रीकामा ४ वार्म अप खेल खेल्यो । २ अनौपचारिक र २ औपचारिक वार्म अप खेल खेलेको नेपाल एक खेल वर्षाले प्रभावित हुँदा ३ खेलमा जित हासिल गर्‍यो । नेपालले स्कटल्याण्ड र नामीबियालाई पराजित गरेको थियो ।

नेपालले पहिलो अनौपचारिक खेलमा स्कटल्याण्डलाई १ सय ३५ र दोस्रो अनौपचारिक वार्मअप खेलमा नामिबियालाई ६ रनले पराजित गरेको थियो । पहिलो औपचारिक वार्म अप खेलमा नेपालले स्कटल्याण्डलाई डीएलएस मेथड अनुसार ७ विकेटले पराजित गरेको थियो ।

नेपाल र वेष्ट इन्डिजबिचको दोस्रो औपचारिक वार्म अप खेल वर्षाले प्रभावित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर