नेपाल चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा डा. खरेल – Nepal Press

नेपाल चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा डा. खरेल

रुपन्देही । नेपाल चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा डा. कृष्ण खरेल निर्वाचित भएका छन् । खरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व तीन वर्षे कार्यकालका लागि सर्वसम्मत चयन भएको हो ।

निर्वाचन समितिका संयोजक श्रीधर आचार्यका अनुसार समितिको वरिष्ठ उपाध्यक्षमा डा. सन्दीप सुवेदी, उपाध्यक्षमा डा. वर्षा थापा, महासचिवमा डा. प्रकाश बस्नेत, कोषाध्यक्षमा डा. रमेश भट्टराई, सहसचिवमा डा. मोहनलाल तिवारी र सहकोषाध्यक्षमा डा. अमित चतुर्वेदी सर्वसम्मत भए ।

सदस्यहरुमा डा. रमेश अर्याल, डा. सरोज थापा, डा. मनिष विश्वकर्मा, डा. राजेन्द्र बस्याल, डा. सदीक्षा चापागाईं र डा. आकाश शाही चयन भएको उनले जानकारी दिए ।

संघको लुम्बिनी शाखामा ४०० चिकित्सक आवद्ध छन् । देशभरका ३५ हजार चिकित्सक संघमा आवद्ध छन् ।

नवनिर्वाचित लुम्बिनी अध्यक्ष डा. खरेलले चिकित्सा क्षेत्रमा पछिल्लो समय बढेको विकृतिविरुद्ध संघले काम गर्ने बताए ।

कतिपय दुर्घटनालाई गलत ढंगबाट व्याख्या गर्ने प्रवृत्ति चिर्न जरुरी रहेको बताउँदै उनले कानून बनाएर विकृति रोक्नेतर्फ सरकार लाग्नुपर्ने औंल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर