निषेधित क्षेत्र तोड्न खोज्दा डा. गोविन्द केसीसहित ७ प्रदर्शनकारी प्रहरी नियन्त्रणमा – Nepal Press

निषेधित क्षेत्र तोड्न खोज्दा डा. गोविन्द केसीसहित ७ प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

काठमाडौं । डा. गोविन्द केसीसहित ७ प्रदर्शनकारीहरु पक्राउ परेका छन् ।

निषेधित क्षेत्र तोड्न खोज्दा डा.गोविन्द केसीसहितका प्रदर्शनकारीलाई प्रहरीले माइतीघरबाट प्रहरी नियन्त्रणमा लिएको हो ।

सशस्त्र द्वन्द पीडितलाई न्याय र सवै नेपालीहरुको स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच लगायत माग राख्दै डा. केसीसहित प्रदर्शनकारी माइतीघरमा प्रदर्शन गर्न पुगेका थिए ।

उनीहरु माइतीघरमा नारा लगाएर निस्कनेबितिकै प्रहरीले निषेधित क्षेत्र ताेड्न खाेजेकाे भन्दै नियन्त्रणमा लिएकाे हाे ।

सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याइनुपर्ने, नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकार तत्काल फिर्ता गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अदालतबाट रोकिएकोमा तत्काल अदालतले नै बाटो खोलेर नियुक्ति अघि बढाइनुपर्ने र यसअघि भएका सम्झौताहरु कार्यान्वयन गर्न माग राख्दै प्रदर्शन गरे थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर