७ महिलाहरु ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ बाट सम्मानित हुँदै – Nepal Press

७ महिलाहरु ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ बाट सम्मानित हुँदै

काठमाडौं । एनसेलले नेपालको आइसिटी क्षेत्रमा योगदान पुर्‍याउने महिलालाई ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ बाट सम्मान गर्ने भएको छ ।

एनसेलले भोलि अर्थात् शुक्रवार काठमाडौंमा आयोजना हुने इन ड्राइभ आइसिटी अवार्ड २०२३ को ग्राण्ड फिनाले कार्यक्रममा ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ प्रदान गर्ने भएको हो । जहाँ प्रदान गरिने पुरस्कारको राशि नगद ३ लाख रहेको एनसेलले जनाएको छ ।

प्रत्येक वर्ष प्रदान गरिने अवार्डका लागि ३४ जना मनोनयनमा परेका थिए । मनोनयनबाट सूचना प्रविधिको क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा तीन चरणको मूल्याङ्कन पश्चात् अवार्डका लागि ७ जना महिलाहरू छनोटमा परेका छन् ।

प्रत्येक वर्ष, आइसिटी फाउन्डेसन नेपाल र लिभिङ विथ आइसिटीले संयुक्त रूपमा आइसिटी क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने उत्कृष्ट व्यक्तित्वहरू, नवप्रवर्तन र संघ संस्थाहरूलाई आइसिटी अवार्ड प्रदान गर्दै आएको छ ।

महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा आइसिटी क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात् डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीति अनुरूप एनसेलले आइसिटी अवार्डमा आबद्ध भएर अवार्ड प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर