लगातारको वृद्धिपछि शेयर बजारमा ७ अर्ब नाघ्यो कारोबार, एक दर्जन कम्पनीमा सर्किट – Nepal Press

लगातारको वृद्धिपछि शेयर बजारमा ७ अर्ब नाघ्यो कारोबार, एक दर्जन कम्पनीमा सर्किट

काठमाडौं । लगातारको उछालपछि शेयर बजारको कारोबार ७ अर्ब नाघेको छ भने एक दर्जन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

साताको चौथो दिन बुधबार नेप्से परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७ बिन्दुमा अडिएको हो । यसदिन बजारमा १ करोड ९९ लाख ६३ हजार ६०४ किक्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ९५ लाख ७५ हजार १७६ रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन आइतबार २७.७५ अंक, सोमबार ३८.१४ अंक र मंगलबार ४५.९८ अंकले नेपसे परिसूचक बढेको थियो ।

बुधबार आज बोटल्र्स नेपाल बालाजु, हिमालयन डिस्टिलरी लिमिटेड, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, लिबर्टी इनर्जी कम्पनी लिमिटेड, युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर लिमिटेड, बलेफी हाइड्रोपावर लिमिटेड, बीपीडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल रिपब्लिक मिडिया लिमिटेड, थ्री स्टार हाइड्रोपावर लिमिटेड र ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडमा सकारात्मक सकिर्ट लगेको छ ।

बुधबार बजार पूँजीकरण ३३ खर्ब १६ अर्ब रुपैयाँँ बढी रहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर