शेयर बजारको उत्साह कायमै, ४५ अंकले बढ्दा २१ सयमाथि पुग्यो नेप्से – Nepal Press

शेयर बजारको उत्साह कायमै, ४५ अंकले बढ्दा २१ सयमाथि पुग्यो नेप्से

काठमाडौं । लगातार साताको तेस्रो दिन पनि शेयर बजार उच्च अंकले बढेको छ ।

मंगलबार नेप्से परिसूचक ४५.९८ अंकले बढेर २१०६.४८ बिन्दुमा अडिएको छ । यसदिन बजारमा १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयरको खरिदबिक्री हुँदा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन आइतबार मात्रै २७.७५ अंकले बढेको बजारमा ५ अर्ब १५ करोड ७८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो । त्यस्तै, सोमबार ३८.१४ अंकले बढेको बजारमा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५६५ रुपैयाँको कारोबार भएको थियो । यस साता नेप्से परिसूचकको उछाल निरन्तर रहेको छ ।

आजको कारोबारमा ९ वटा कम्पनीको सेयरमा सकिर्ट लगेको छ । सकारात्मर्क सकिर्ट लग्नेमा बोटल्र्स नेपाल बालाजु, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, सिभम सिमेन्टस, नेपाल रिपब्लीक मिडिया, घोेराही सिमेन्ट इन्डस्ट्रि, हाथवे इन्भेष्टमेन्ट नेपाल, मिडसोलु हाइड्रोपावर र सोनपुर मिनरल्र्स एण्ड आयल रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर