तस्बिरमा हेर्नुहोस् त्रिविको दीक्षान्त समारोह – Nepal Press

तस्बिरमा हेर्नुहोस् त्रिविको दीक्षान्त समारोह

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ४९औँ दीक्षान्त समारोह आयोजना गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिको रूपमा सहभागी थिए । त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनेछन् ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार योपटक १२ हजार चार सय १५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका छन् ।

त्रिवि ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी समारोहमा सहभागी भएका थिए ।

स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी आज दीक्षित भएका छन् । दीक्षान्त समारोहमा विभिन्न पदक र पुरस्कारसमेत वितरण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर