आईएमई लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर शाखा स्थानान्तरण – Nepal Press

आईएमई लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर शाखा स्थानान्तरण

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर शाखा कार्यालय स्थानान्तरण गरिएको छ ।

भक्तपुर नगरपालिका सल्लाघारी सपिङ कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय श्रृजनानगर चोकमा स्थानान्तरण गरिएको हो । इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले उक्त शाखा कार्यालय उद्घाटन गरेका हुन् ।

नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरणसँगै कम्पनीका सेवाग्राहीहरु र अभिकर्ताज्यूहरुले थप सहज र गुणस्थरीय सेवा सुविधा प्राप्त गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए ।

कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य, नेफ्स्कुनका सञ्चालक सदस्य तथा पारिजात साकोसका अध्यक्ष टंकराज काफ्ले, एजेन्सी म्यानेजर, अभिकर्ता र स्थानियको उपस्थिति रहेको थियो् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर