एनसेलको दाबी- सबै कर दायित्वहरु पूर्णरुपमा पालना गरेका छाैं – Nepal Press

एनसेलको दाबी- सबै कर दायित्वहरु पूर्णरुपमा पालना गरेका छाैं

काठमाडौं । एनसेलले आजको दिन सम्मको सबै कर दायित्वहरु सम्पूर्ण रुपमा पालना गरेको दाबी गरेको छ ।

एनसेलले एक विज्ञप्ति जारी गर्दै आजको दिनसम्म सबै कर दायित्वहरु सम्पूर्ण रुपमा पालना गरेको बताएको हो । कम्पनीले अझैपनि कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानून अनुसार पालना गरिने जनाएको छ । त्यस्तै, एनसेलले ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने पनि स्पष्ट पारेको छ ।

एनसेलले अब नेपाल सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्न सरकारलाई योगदान पुर्याउन प्रतिबद्ध रहेको पनि जनाएको छ ।

‘एनसेल कर कानूनको पालना गर्न प्रतिबद्घ रहेको छ र आफ्ना सम्पूर्ण सरोकारवालाहरुलाई एनसेल एक जिम्मेवार वित्तीय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्चित गराउन चाहन्छौं’, विज्ञप्तिमा उल्लेख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर