शेयर बजार दोहोरो अंकले बढ्दा साढे २ अर्ब बढीको कारोबार – Nepal Press

शेयर बजार दोहोरो अंकले बढ्दा साढे २ अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारका दिन शेयर बजार दोहोरो अंकले बढेको छ ।

बिहीबार नेप्से परिसूचक ११.७३ अंकले बढेर १८५२.७७ बिन्दुमा कायम भएको हो । यस दिन बजारमा ९५ लाख ५ हजार ६०८ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन बुधबार मात्रै ३.३ अंकले बढेको बजारमा १ अर्ब १४ करोड १८ लाख १२ हजार ३८२ रुपैयाँको कारोबार भएको थियो ।

आज त्रिशुली जलविद्युत कम्पनी लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । त्यस्तै, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, मन्दाकिनी हाइड्रोपावर लिमिटेड र विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक घाटामा रहेका छन् ।

कारोबारका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड प्रोमोटर शेयर ८६ करोड ८३ लाख ७८ हजार रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

बिहीबार बजार पूँजीकरण २८ खर्ब ५६ अर्ब रुपैयाँ रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर