आजियाटाको शेयर किन्ने सतिशलाल आचार्य भन्छन्- एनसेलको सबै कारोबार कानूनबमोजिम र पारदर्शी हुनेछ – Nepal Press

आजियाटाको शेयर किन्ने सतिशलाल आचार्य भन्छन्- एनसेलको सबै कारोबार कानूनबमोजिम र पारदर्शी हुनेछ

काठमाडौं । एनसेको शेयर खरिद गरेका बेलायती कम्पटी स्पेक्ट्रलाइटका नेपाली मूलका शेयरधनीले एनसेलका सबै कारोबार कानूनबमोजिम र पारदर्शी हुने प्रतिवद्धता जनाएका छन् ।

एनसेलले एक विज्ञप्ति जारी गर्दै शेयर बिक्री प्रक्रियामा आजियाटाले प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको दाबी गरेको छ ।

एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली मुलका लगानीकर्ताले लिने सम्झौता भएसँगै अब एनसेलले आम नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्दै नेपाल सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्न सरकारलाई योगदान पुऱ्याउन प्रतिबद्ध रहेको छ ।

शेयर खरिदकर्ता सतिशलाल  आचार्यले एनसेलले अहिलेसम्म सबै कर दायित्व पालना गरेको प्रष्ट्याएका छन् । साथै शेयर कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानून अनुसार तिर्न तयार रहेको उनले बताएका छन् ।

आफ्नो सेवाको गुणस्तरमा कुनै बाधा नपर्ने प्रतिवद्धता जनाउँदै नेपाल दूरसञ्चार प्राधिकरणसँग आवश्यक सहमतिका लागि छलफल भइरहेको एनसेलले बताएको छ ।

सतिशलाल आचार्य सिंगापुरमा बस्ने गैरआवासीय नेपाली हुन् । एनसेलको २० प्रतिशत नेपाली हिस्सेदार पनि उनै हुन् । उनकी पत्नीको नाममा सो शेयर छ । यदि यो कारोबार टुंगिएमा एनसेल आचार्य परिवारको एकल कम्पनी हुनेछ । आचार्य प्रतिष्ठित चिकित्सक डा.आइएल आचार्यका छोरा हुन् । उनी सिंगापुरमा बसेर व्यवसाय गर्छन् ।

यस्तो छ विज्ञप्ति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर