म्यान सिटीको खराब लय- लगातार तीन बराबरीपछि हार्‍यो – Nepal Press

म्यान सिटीको खराब लय- लगातार तीन बराबरीपछि हार्‍यो

काठमाडौ। इङ्लिस प्रिमियर लिग तथा युरोपियन च्याम्पियन्स लिग विजेता म्यानचेस्टर सिटी खराब लयमा देखिएको छ।

प्रिमियर लिगको बुधबार राती भएको खेलमा एस्टन भिल्लाले म्यान सिटीलाई १-० गोलले हराएको हो। घरेलु मैदानमा एस्टन भिल्लाका लियोन बैलीले ७४ औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो।

म्यान सिटीले प्रिमियर लिगमा चार खेलयता जित हात पार्न सकेको छैन। लगातार तीन बराबरीपछि एस्टन भिल्लासँग पराजित भएको हो।

१५ खेलबाट ३० अंक भएको म्यान सिटी तालिकाको चौथो स्थानमा छ। शीर्षस्थानमा रहेको आर्सनलको समान खेलपछि ३६ अंक छ भने लिभरपुल ३४ अंकसहित दोस्रोमा छ।

३२ अंक भएको एस्टन भिल्ला तेस्रोमा छ। बुधबार राती भएका अन्य खेलमा लिभरपुलले सेफफिल्ड २-० र म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २-१ गोलले हराए। म्यान युनाइटेडको २७ अंक रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *