काठमाडौंको इमाडोलमा सिटिजन्स बैंकको १९० औं शाखा सञ्चालनमा – Nepal Press

काठमाडौंको इमाडोलमा सिटिजन्स बैंकको १९० औं शाखा सञ्चालनमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इमाडोलमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

मंगलबार बैंकले आफ्नो १९० औं शाखा काठमाडौंको इमाडोलमा सञ्चालनमा ल्याएको हो । नयाँ शाखा विस्तारसँगै काठमाडांै उपत्यकाभित्र बैंकको ३८ वटा शाखा र वागमती प्रदेशमा ५२ वटा शाखा सञ्चालनमा रहेका छन् ।

ग्राहकहरुले नयाँ शाखामा खाता खोल्दा डेविट कार्ड, मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरुको पहिलो वर्ष निःशुुल्क प्राप्त गर्न सक्नेछन् । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र लकर शुुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको छ । जुन ग्राहकहरुले हालसालै खुलेको टेकु शाखामा पनि पाउन सक्नेछन् ।

बैंकले देशैभर फैलिएका १९० शाखा, १५० एटीएम र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर