कमलामाईलाई साक्षी राखेर रविले भने- मधेशलाई हृदयभित्र राखेर काम गर्छु – Nepal Press

कमलामाईलाई साक्षी राखेर रविले भने- मधेशलाई हृदयभित्र राखेर काम गर्छु

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेशलाई हृदयभित्र राखेर काम गर्ने कसम खाएका छन् ।

केहि दिनदेखि मधेशका जिल्लाहरूमा सक्रिय लामिछाने आज बिहान कमला नदीमा लागेको कार्तिक पूर्णिमा मेलाको आरतीमा सहभागी भए ।

आरतीपछि सम्बोधन गर्दै उनले पत्रकारिताबाट जति गरे त्यो पर्याप्त नभएपछि राजनीतिमा आएको बताए ।

उनले भने, ‘राजनीतिमार्फत जति गर्न सक्छु, दिल खोलेर गर्छु । मन खोलेर गर्छु । मधेशलाई हृदयभित्र राखेर काम गर्नेछु । र, परिणाम देखाउनेछु ।’

उनले बोलेको सबै कुरा गर्ने भन्दै कमलामाईको कसम समेत खाए ।

उनले भने, ‘म कुनै अपेक्षा राखेर बोलेको छैन । मलाई थाहा छ कमलामाई साक्षी राखेर भनेको छु । आफूले बोलेको कुरा पुरा गर्नेछु । जति बोल्ने त्यति गर्ने र जति गर्ने त्यति बोल्ने स्वभावको मान्छे म हुँ ।’

उनले आफूले गरेको कामको रिपोर्ट कार्ड बोकेर कुनै दिन मधेश आएर देखाउने प्रतिबद्धता समेत जनाए ।


प्रतिक्रिया

One thought on “कमलामाईलाई साक्षी राखेर रविले भने- मधेशलाई हृदयभित्र राखेर काम गर्छु

  1. विश्वास नभएको गफ नगर तिमीहरू कहीँबाट परिचालित हौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर