व्यवस्था परिवर्तन नहुञ्जेल आन्दोलन जारी राख्ने दुर्गा प्रसाईंको घोषणा, भोलिदेखि तीनकुनेमा जम्मा हुन उर्दी (भिडिओ) – Nepal Press

व्यवस्था परिवर्तन नहुञ्जेल आन्दोलन जारी राख्ने दुर्गा प्रसाईंको घोषणा, भोलिदेखि तीनकुनेमा जम्मा हुन उर्दी (भिडिओ)

‘श्रीलंका स्टाइलमा जाने तयारीमा छौं, ७७ वटै जिल्लामा जनविद्रोह हुन्छ’

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलन अनिश्चितकालसम्म जारी रहने भएको छ । भोलिबाट काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने र आन्दोलनलाई ७७ वटै जिल्लामा विस्तार गर्ने प्रसाईंले घोषणा गरे ।

आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले अब ‘श्रीलंका स्टाइलले’ अघि बढ्नेसमेत चेतावनी दिए ।

उनले भने, ‘अब यो प्रदर्शन व्यवस्था परिवर्तन नहुञ्जेल निरन्तर चल्छ । बिहान ११ बजे खाना खाने र तीनकुने जाने । हामी सिंहदरबारमा पनि जान्छौं, निषेधाज्ञाले केही हुनेवाला छैन । मासले जता भन्छ, जुलुस त्यतै जान्छ ।’

प्रसाईंले भोलिबाट जनसहभागिता दोब्बर हुने दाबी गरे । अब आफू नै देशको प्रतिपक्ष भएको उनले बताए ।

उनले थपे, ‘अब ७७ वटै जिल्लामा जनविद्रोह सुरु हुन्छ । हामी श्रीलंका स्टाइलले जाने प्लानमा छौं । श्रीलंकामा जस्तै नेतालाई जनताले जहाँ भेट्छन्, त्यही मसाज गर्छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर