तीनकुने जान लागेका युवा संघ टोलीमाथि दुर्गा प्रसाईँ समर्थकबाट ढुंगामुढापछि बल्खुमा झडप र तोडफोड (भिडिओ) – Nepal Press

तीनकुने जान लागेका युवा संघ टोलीमाथि दुर्गा प्रसाईँ समर्थकबाट ढुंगामुढापछि बल्खुमा झडप र तोडफोड (भिडिओ)

काठमाडौं । युवा संघका कार्यकर्ता चढेको बाइकमा बल्खुमा दुर्गा प्रसाईं समर्थकले ढुंगा हानेका छन् । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि ढुंगाप्रहार भएपछि दुवै पक्षबीच ढुंगा हानाहान भएको हो ।

दुर्गा प्रसाईं समर्थकको जुलुस कालीमाटीबाट बल्खुतर्फ आउँदै गरेका थिए । मोटरसाइकलमा आएका युवा संघका कार्यकर्ताहरू देखेपछि प्रसाईंका कार्यकर्ताले ढुंगा हान्न सुरु गरेको दाबी गरिएको छ ।

प्रहरी स्रोतले भने दुवै पक्षबाट ढुंगा हानाहान भएको बतायो । प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर