गगनको प्रस्ताव- चुनावअघि गठबन्धन गर्न नपाउने वैधानिक व्यवस्था गरौं – Nepal Press

गगनको प्रस्ताव- चुनावअघि गठबन्धन गर्न नपाउने वैधानिक व्यवस्था गरौं

‘प्रधानमन्त्रीदेखि एमालेलाई आन्दोलनको आँधीबेहरी ल्याउनु छ, देश सम्हाल्ने कांग्रेसले मात्रै हो’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनको राजनीतिक विकृतिपूर्ण भएको बताएका छन् । कांग्रेस नवलपुर क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै ०८४ मा सबै कम्युनिष्ट पार्टीहर” एउटै पार्टी बनेपनि कांग्रेसले कसैसँग गठबन्धन नगर्ने दाबी गरे ।

उनले भने, ‘गठबन्धनको राजनीतिक विकृतिपूर्ण छ । राजनीति भनेको विचार होइन राजनीति भनेको सरकार हो । सरकार भनेको केबल टिक्ने कुरामात्रै हो । हामीलाई यस्तो बनाएको छ । यो विषयमा कांग्रेसले स्पष्ट पार्नुपर्छ- निर्वाचन प्रणाली बदलौं । नेपाली कांग्रेसले अब चुनावअघि गठबन्धन गर्दैन । सम्भव भयो भने वैधानिक व्यवस्था नै गर्छ र चुनावअघि अरु कसैलाई पनि गर्न नपाउने बनाउँछ ।’

उनले अहिले विवेकको राजनीति आवश्यक रहेको बताए ।

महामन्त्री थापाले भने, ‘प्रधानमन्त्री आफैं अब सडकबाट आन्दोलन गर्नुपर्‍यो भन्नुहुन्छ । एमालेका अध्यक्षको मैले भर्खरैमात्रै विचार पढेँ मध्यपहाडी लोकमार्गको यात्रा पछाडि देशभर आन्दोलनको आँधीबेहरी ल्याउनुपर्छ भन्नुहुन्छ । एमाले र माओवादीलाई आन्दोलन गर्नुछ । राप्रपालाई राजा फर्काउनुछ । सबैलाई केही न केही गर्नुछ । देश सम्हाल्ने चाहिँ कसले हो ? त्यसैले सबैलाई मिलाएर राख्ने जिम्मा कांग्रेसको हो । त्यसैले हामीले चर्को कुरा गरेर हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर