कैलालीमा ट्रकले ठक्कर दिँदा वृद्धाको मृत्यु – Nepal Press

कैलालीमा ट्रकले ठक्कर दिँदा वृद्धाको मृत्यु

कैलाली। कैलालीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ धनगढीबाट अत्तरियातर्फ आइरहेको मप्र ०३०१ख९६५० नम्बरको ट्रकले ठक्कर दिँदा डोटी शिखर नगरपालिका–२ बस्ने ६० वर्षीय भगवती रोस्याराको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी रोस्याराको उपचारका क्रममा राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनी डोटीमा कटी दिदीको नामले परिचित थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *