सुदूरपश्चिमका प्रदेश सांसद चौधरी अस्वस्थ – Nepal Press

सुदूरपश्चिमका प्रदेश सांसद चौधरी अस्वस्थ

कैलाली । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीको स्वास्थ्यमा समस्या देखिएको छ ।

स्वास्थ्यमा एक्कासि समस्या देखिएका उनको अहिले काठमाडौं सिनामंगलस्थित केएमसी टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

चौधरीको मिर्गौलामा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।

यसैबीच सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले सांसद चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्न उपचारमा संलग्न चिकित्सकहरूलाई आग्रह गरेका छन् ।

उपचाररत सांसद चौधरीको स्वास्थ्य अवस्था बुझ्न आज अस्पताल पुगेका मन्त्री देउवाले चिकित्सकहरूलाई भेटेरै उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेका हुन् ।

मन्त्री देउवाले सांसद चौधरीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *