नबिल बैंकको दराजसँग इएमआई अभियान सुरु – Nepal Press

नबिल बैंकको दराजसँग इएमआई अभियान सुरु

काठमाडौं । नबिल बैंकले आफ्ना क्रेडिट कार्ड ग्राहकका लागि बिना शुल्क इएमआई अभियान सुरु गरेको छ ।

बैंकले दराजसँग साझेदारी गर्दै आफ्ना क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट वस्तुहरू खरिद गर्दा अतिरिक्त सेवा शुल्क बिना इएमआईमा रूपान्तरण गर्न सकिने बनाएको हो ।

त्यस्तै, बैंकले सहकार्य मार्फत् क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट किनमेल गर्दा लाग्ने खर्च व्यवस्थापन गर्न सहज बनाउने विश्वास लिएको छ । ग्राहकले कुनै अतिरिक्त शुल्क बिना नैै खरिदको रकमलाई सजिलो ६ महिने मासिक किस्तामा रूपान्तरण गर्न सक्नेछन् । तत्कालको लागि ५ हजारदेखि दुई लाखसम्मको सामान खरिदमा सुविधा दिइएको छ ।

त्यसैगरी, ग्राहकहरूले बैंकको क्रेडिट कार्ड प्रयोग गरी दराजमा खरिद गरेर सहजै अभियानको फाइदा लिन सक्नेछन् । यसका लागि आफ्नो क्रेडिट कार्ड बिलिङ अघिनै बैंकमा दर्ता भएको इमेलबाट आवेदन दिनुपर्नेछ । यसबाहेक, इएमआई रूपान्तरणको लागि तोकिएको अवधि खुलाई बैंकको इमेलमा आवेदन दिनुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर