घरजग्गा बजार र घर खरिदकर्ताहरूलाई लक्षित ८औँ रियलस्टेट एक्स्पो हुने – Nepal Press

घरजग्गा बजार र घर खरिदकर्ताहरूलाई लक्षित ८औँ रियलस्टेट एक्स्पो हुने

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले रयलस्टेट एक्स्पो आयोजना गर्ने भएको छ । संघले विगतमा सातवटा रियलस्टेट एक्स्पो सफलतापूर्वक आयोजना गरेको थियो ।

एक्स्पोमा करिब एक लाखभन्दा बढी दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

आठौँ रियलस्टेट एक्स्पो रियलस्टेट क्षेत्रका विकासकर्ता र उपभोक्ताहरू बीच एकै स्थलको भेटघाट बिन्दु हुनेछ । जसमा विकासकर्ताहरूले आफ्ना नयाँ उत्पादनहरू उपभोक्ताहरूलाई प्रदर्शन गर्ने छन् ।

उपभोक्ताहरूले नेपालको आवास तथा जग्गा विकास सम्बन्धी समग्र पक्षहरू बारे पर्याप्त जानकारी प्राप्त गर्ने छन् । नेपालमा घरजग्गा बजार र घर खरिदकर्ताहरूलाई लक्षित गरी यो एक्स्पो हुन लागेको हो ।

रियलस्टेट क्षेत्रको सम्पूर्ण क्षेत्र जस्तै: व्यावसायिक र व्यापारिक सम्पत्ति, वास्तुकला, निर्माण, भवन, इन्जिनियरिङ, बैंकिङ र बीमा कम्पनीहरूसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शकहरू समेतको सहभागिता हुनेछ ।

एक्स्पोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी जग्गा, बत्ती तथा विद्युतीय फिक्स्चर, फर्निचर र फर्निसिङ, सिरेमिक, फोहोर व्यवस्थापन, घर जग्गा एजेन्ट, निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण तथा सेवाहरू समावेश छन् । यस एक्स्पोमा इच्छुक उद्यमीहरूको चाहना बमोजिमका सेवाहरू पनि उपलब्ध गराइनेछ ।

एक्स्पोले रियलस्टेट व्यवसायको वर्तमान स्थिति, यसका चुनौती र न्यूनीकरणका उपायहरूसहित यस क्षेत्रका भविष्यका सम्भावनाहरूका लागि आम जनतालाई उपयोगी हुने संघले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर