युवासंघ लुम्बिनीको अध्यक्षमा सुरज खरेल सर्वसम्मत – Nepal Press

युवासंघ लुम्बिनीको अध्यक्षमा सुरज खरेल सर्वसम्मत

महेश बस्नेत भन्छन्- देशमा अराजक तत्त्व हाबी भए

रुपन्देही । नेकपा एमालेका युवा नेता एवं पूर्व मन्त्री महेश बस्नेतले पछिल्लो समय देशमा अराजक तत्त्वको हाबी भएको बताएका छन् ।

बस्नेतले देशमा सामाजिक सद्भाव खलबल्याउने तत्त्वहरू हाबी भएकाले सरकारले सहिष्णुता कायम गर्न त्यस्ता गतिविधि नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय युवासंघ नेपाल लुम्बिनी प्रदेशको नवलपरासीको सुनवलमा गरेको प्रथम अधिवेशनको उद्घाटन शत्रमा बोल्दै नेता बस्नेतले केही व्यक्तिहरूले निहित स्वार्थमा अराजकता प्रदर्शन गरिरहेकाले चनाखो हुनुपर्ने बेला आएको उल्लेख गरे ।

सामाजिक सञ्जाल र केही युटुबेहरुको उक्साहटमा आफ्ना नेतृत्वप्रति निराधार आरोप लाग्ने र प्रहार हुने गरेको भन्दै नेता बस्नेतको आपत्ति थियो ।

‘साम्राज्यवादीको पैसा खाएर मुलुकको अखण्डता खलबल्याउने र आपसी सद्भाव बिगार्न खोज्नेहरूप्रति नेकपा एमाले कठोर भएर उभिन्छ, युवा संघले त्यस्ता तत्त्वलाई तह लगाउँछ’ बस्नेतले भने ।

जनताका समस्या र सामाजिक न्यायमा भन्दा नेतृत्वमा पदीय लोलुपताको चाहाना तीव्र भएकाले पार्टी कमजोर हुन नदिन कम्युनिस्ट आन्दोलनको मर्म बिर्सिन नहुने उनले बताए ।

पश्चिम नेपालमा गएको भूकम्पमा उद्धार र सहयोगमा जुट्न युवासंघलाई आग्रह गर्दै नेता बस्नेतले सामाजिक सञ्जालमा देखाउनका लागि पीडितको भावना सँग खेल्ने काम नगर्न अनुरोध गरे । नयाँ दलमाथि व्यङ्ग्य गर्दै नेता बस्नेतले सामाजिक सञ्जालमा देखाउने मात्र नभै वास्तविक पीडित र जनताका पक्षमा काम गरेर युवा संघले उदाहरण देखाउनुपर्ने बताए।

कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेबेले नयाँ पुस्ताले महसुस गर्नेगरी संघले पार्टीको अभियानमा साथ दिने र त्यो काम लुम्बिनीको कमिटीले गरेर देखाउनुपर्ने बताए । कार्यक्रममा युवा संघले भूकम्पपीडित घाइतेहरूका लागि रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।

सुरज खरेलको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत

अधिवेशनबाट सुरज खरेलको अध्यक्षतामा ६९ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको नेकपा एमाले जिल्ला सचिव धिरज शर्मा बस्यालले जानकारी दिए ।

त्यसै गरी उपाध्यक्षमा सुरेश भण्डारी सचिव सन्तोष ओली, सहसचिवमा भूपाल शर्मा र सुधा ज्ञवाली तथा
कोषाध्यक्ष डेन्जिङ रायमाझी चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर