आईएमई लाइफ इन्स्योरेन्सले क्रिकेट खेलाडीहरूलाई २५ लाख बराबरको म्यादी जीवन बीमा गर्ने – Nepal Press

आईएमई लाइफ इन्स्योरेन्सले क्रिकेट खेलाडीहरूलाई २५ लाख बराबरको म्यादी जीवन बीमा गर्ने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले टी-२० क्रिकेट टोलीलाई २५ लाख बराबरको आईएमई सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने भएको छ ।

शुक्रवार नेपाल टी–२० विश्वकपमा छनोट हुन सफल भएको सुखद अवसरमा कम्पनीले २५ लाख बराबरको आईएमई सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने निर्णय गरेको हो ।

कम्पनीले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी टोलीको मनोबल बढाउन र सम्मान स्वरूप खेलाडीहरूलाई सो जीवन बीमा प्रदान गर्ने जनाएको छ ।

इन्स्योरेन्सले ‘टी–२० विश्वकप फाइनल एशिया’ का टोलीमा भएका र नेपाली क्रिकेट जगतमा महत्त्वपूर्ण योगदान पुर्‍याएका सम्पूर्ण २० खेलाडीहरूलाई आईएमई सुरक्षा म्यादी जीवन बीमाद्वारा पुरस्कृत गर्ने बताएको छ ।

राष्ट्रिय क्रिकेट टोलीलाई टी–२० विश्वकपको यात्रामा समर्थन गर्न पाउँदा उत्साहित रहेको इन्स्योरेन्सले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर