राष्ट्रिय सभामा वर्षे अधिवेशन अन्त्य – Nepal Press

राष्ट्रिय सभामा वर्षे अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रिय सभा बैठकमा चालू अधिवेशन अन्त्य भएको जानकारी गराइएको छ ।

बिहीबारको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणशप्रसाद तिमिल्सिनाले चालू अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् । उनले राष्ट्रिय सभाको चालु चौधौँ अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने घोषणा गरे । नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०८० कार्तिक १६ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य भएको सदनलाई जानकारी गराए ।

उनले भने, ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०८० कार्तिक १६ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन संवत २०८० साल कार्तिक १६ गते बिहीवार राति १२ बजेबाट अन्त्य हुनेछ । राष्ट्रिय सभाको चालु चौधौँ अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुनेगरी यो बैठक अन्त्य भएको घोषणा गर्दछु ।’

बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले चालू अधिवेशन आज मध्यरातिबाट अन्त्य गर्ने निर्णय गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर