एमालेप्रति माधव नेपालको टिप्पणी- सत्ताबाट हट्नुपर्दाको पीडा सदन अवरोध गरेर मात्रै हुँदैन – Nepal Press

एमालेप्रति माधव नेपालको टिप्पणी- सत्ताबाट हट्नुपर्दाको पीडा सदन अवरोध गरेर मात्रै हुँदैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई लक्षित गर्दै सत्ताबाट बाहिर हुँदाको पीडा सदन अवरोध गरेर मात्रै नहुने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले गरेको राम्रो कामलाई राम्रो भन्न सक्नुपर्ने बताए ।

उनले भने, ‘सरकारलाई मात्रै दोष दिएर हुँदैन प्रतिपक्षले पनि आफूभित्रको कमजोरी हेर्नुपर्छ । सत्ताबाट हट्नुपर्ने पीडालाई यसरी सदनलाई अवरोध गरेर सरकारलाई असहयोग गर्नेगरी व्यक्त गर्ने काम गर्ने होइन । त्यसले जनतालाई असर गर्छ। सरकारको गरेको कामलाई राम्रो भन्न सक्नुपर्छ । त्यसैलाई रचनात्मक विपक्ष भनिन्छ। पीडा पोखेर, धारे हात लगाएर सदन अवरोध गरेर मात्रै हुँदैन, हामीले जनताको आवाजलाई प्रष्फुटित गर्नको लागि तीनवटै मोर्चामा लाग्नुपर्छ ।’

उनले अहिले देखिएको समस्या समाधान गर्नको लागि सरकारको ध्यानाकर्षण समेत जनाए ।


प्रतिक्रिया

One thought on “एमालेप्रति माधव नेपालको टिप्पणी- सत्ताबाट हट्नुपर्दाको पीडा सदन अवरोध गरेर मात्रै हुँदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर