च्यासलमा चियापान कार्यक्रमको चहलपहल (तस्बिरहरू) – Nepal Press

च्यासलमा चियापान कार्यक्रमको चहलपहल (तस्बिरहरू)

काठमाडौं । बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा नेकपा एमालेले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सुरू भएको छ ।

पार्टी मुख्यालय च्यासलमा नेता, कार्यकर्ता र निम्तालुहरूको चहलपहल सुरू भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा साढे १२ बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र २:३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितका लागि प्रबन्ध गरिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट राजनीतिक दलका प्रमुख, मन्त्री, सरकारी तथा विविध क्षेत्रका व्यक्तित्व साथै कुटनीतिक क्षेत्रकालाई चियापानमा निम्तो गरिएको छ ।

एमालेले बडादसैँको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।

हेरौं चियापानका केही तस्बिर

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर