शिवम् सिमेन्टका निखिल अग्रवाललाई ‘महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार’ – Nepal Press

शिवम् सिमेन्टका निखिल अग्रवाललाई ‘महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार’

काठमाडौं । शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङ निखिल अग्रवाल भारतमा सम्मानित भएका छन् । शिवम सिमेन्टको स्थापना कालदेखि नै अग्रवाल कार्यरत रहेका छन् ।

ब्राण्डम्यान इण्डिया पीआर एण्ड प्रोमोसनद्वारा आयोजित अवार्ड कार्यक्रम ‘श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार २०२३’ बाट अग्रवाल सम्मानित भएका हुन् ।

भारतको नयाँ दिल्लीमा कात्तिक ३ गते भएको एक कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको थियो । ब्राण्डम्यान इण्डिया पीआर एण्ड प्रोमोसनले हरेक वर्ष अवार्डको आयोजना गर्ने गरेको छ ।

अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रका विभिन्न विधामा आफ्नो राष्ट्रिय स्तरका व्यापारिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कर्मचारी, व्यवस्थापक तथा उद्योगको छनोट गरी सम्मानित गर्ने गरिएको छ । समग्र क्षेत्रको मूल्याङ्कन, व्यवस्थापन तथा राष्ट्रिय स्तरमा पुर्‍याएको उत्कृष्ट योगदानको आधार छनोट गरी अवार्ड दिने गरिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर